‘सरकार सङ्घीयता समाप्त पार्न उद्यत’: उपसभापति निधि

admin

जनकपुरधाम, २४ असोज : नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय र प्रादेशिक सरकार सङ्घीयता समाप्त पार्न उद्यत रहेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “प्रादेशिक सरकार केन्द्रीय सरकारको सङ्घीयता समाप्त पार्न साझेदारको भूमिका निर्वाह गरिरहेको छ ।”

उपसभापति निधिले केन्द्रीय र प्रादेशिक सरकार राजर्षिजनक विश्वविद्यालय क्रियाशील सन्दर्भमा मौन भएका कारण यसका आधारभूत क्याम्पसको चल–अचल सम्पत्ति हस्तान्तरणको प्रक्रिया अन्योलमा परेको धारणा राख्नुभयो । प्रदेश सरकारले विकास निर्माणको निगरानी नगरेकाले सो कार्यमा अवरोध सिर्जना भएको बताउँदै उहाँले प्रदेश नं २ को प्राचीनता र सांस्कृतिक गरिमालाई दृष्टिगत गरी मिथिला प्रदेश नामाकरण गर्नुपर्ने धारणा राख्नुभयो ।
-रासस

प्रतिक्रिया