साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ दक्षिण कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

admin

सिओल, दक्षिण कोरिया, १५ असोज : दक्षिण कोरियाको प्रहरीले आफ्ना पूर्व प्रमुख चो ह्युन–ओलाई साइबरको प्रयोग गरी नागरिकको आम धारणालाई अनुदारवादीहरूको पूर्व सरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ ।

सन् २०१० देखि २०१२ सम्म राष्ट्रिय प्रहरी संगठनको प्रमुख रहेका चोले प्रहरी अधिकारीलाई सञ्चालन गरी इन्टर्नेटमा ४० हजारभन्दा बढी सन्देश लेखी तत्कालिन सरकारको पक्षमा प्रचार गरेको आरोप लगाइएको छ ।

उहाँले तत्कालिन राष्ट्रपति ली म्युङ–वाक प्रशासनको समर्थनमा सकारात्मक विचार लेखेर उहाँको पक्षमा जनमत देखाउन खोजेको आशङ्का गरिएको छ ।
हाल अवकाश प्राप्त भइसकेका चोले आरोपको खण्डन गर्नुभएको छ । चोको नेतृत्वमा रहेका केही पूर्व प्रहरी अधिकारीसमेतको उक्त घटनामा सम्लग्नता रहेको आरोपमा अनुसन्धान जारी रहेको छ । यद्यपि पक्राउ आदेश दिन अदालतले भने अस्वीकार गरेको छ ।
–रासस÷योन्हाप

प्रतिक्रिया