स्थानीय पूर्वाधार विकास बजेट विनियोजन

मनिषा थापा

दाङ, २ मङ्सिर (रासस)  :  दाङ निर्वाचन क्षेत्र नं २ का योजनाहरू छनोट गरी बजेट विनियोजन सम्पन्न भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कूल चार करोड बजेट रहेको उक्त निर्वाचन क्षेत्रमा साझेदारी कार्यक्रममार्फत बजेटमा शिक्षा क्षेत्रको पूर्वाधार विकासका लागि सबैभन्दा बढी रु एक करोड २० लाख विनियोजन गरिएको छ ।

त्यसैगरी स्वास्थ्यतर्फ ७५ लाख, सडक र पुलपुलेसातर्फ ९० लाख, सिँचाइ तथा खानेपानीतर्फ ९० लाख र बधशाला तथा शहीदपार्क निर्माणतर्फ रु २५ लाख बजेट विनियोजन गरिएको सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले जानकारी दिनुभएको छ ।

स्थानीयस्तरबाट थुप्रै योजना माग भए पनि सीमित बजेटका कारण सबैलाई सम्बोधन गर्न नसकिएको पनि शर्माले बताउनुभयो । अहिलेको कार्यक्रममा नसमेटिएका योजनालाई प्राथमिकतामा राखेर अन्य स्रोतको खोजी गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया