ह्वातै बढ्यो सुनको भाउ

मनिषा थापा

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेरबजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

प्रतिक्रिया