ह्वात्तै बढ्यो अमेरिकी डलरको भाउ !

मनिषा थापा

नेपाली बजारमा बिहीबार अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ ६९ पैसाले बढेको हो।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक यूएस डलरको खरिददर मूल्य १ सय १७ रुपैयाँ ५ पैसा छ भने विक्रिदर मूल्य १ सय १७ रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ४३ पैसा छ। एक यूके पाउण्डको खरिददर १५१ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर १५२ रुपैयाँ ६४ पैसा छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ १५ पैसा र विक्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ। एक युएई दिर्हामको खरिददर ३१ रुपैयाँ ८७ पैसा र विक्रिदर ३२ रुपैयाँ ३ पैसा तोकेको छ।

प्रतिक्रिया