२२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनलमा

admin

बलेवा, २६ असोज : बागलुङको गलकोटमा जारी २२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनल प्रवेश गरेका छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका छन् । यस्तै प्रदेश नं ५ पनि सेमिफाइनल प्रवेश गरेको छ । बिहीवार सम्पन्न खेलमा त्रिभवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई २५–६, २५–११ र २५–८ अङ्कले पराजित ग¥यो । अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं ३ लाई २५–११, २५–७ र २५–१३ को सोझो सेटमा हरायो । तेस्रो खेलमा एपिएफ क्लबले गण्डकी प्रदेशलाई २५–२०, २५–१३ र २५–१६ अङ्कले पराजित ग¥यो भने चौथो खेलमा आर्मीले कर्णाली प्रदेशलाई २५–६, २५–२ र २५–८ अङ्कले हरायो ।

बिहवार नै गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २५–१६, २५–१५ र २५–१६ अङ्कले तथा पुलिस क्लबले प्रदेश नं २ लाई २५–९, २५–६ र २५–१० को सोझो सेटमा पराजित ग¥यो । सेमिफाइनलका खेल आज गलकोट बहुमुखी क्याम्पसको मैदानमा हुने जिल्ला भलिबल सङ्घका अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिनुभयो । प्रतियोगितामा नौ टिम सहभागि छन् । रासस

प्रतिक्रिया