४ वर्षिय बालिका माथी बलात्कारको प्रयास, ओठभरी घाउ नै घाउ [स्थलगत रिपोर्ट]

admin

काठमाडौँ । पोखरा महानगरपालिका २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलात्कार प्रयास गरेका छन् । याम्दी एक घरमा आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २५ बर्षिय युवकले बलात्कार प्रयास गरेका हुन् । मंगलबार घटना भए पनि बालिकाले आमालाई बुधबार मात्रै भनेकी थिइन् । बालिकालाई ज्वरो आएपछि बुधबार आमालाई भनेको छिमेकीले बताए । आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानिय मधुकर पराजुलीका अनुसार पक्राउ पर्नेमा याम्दीकै सुजन श्रेष्ठ हुन् । श्रेष्ठले ललाई फकाई एकान्तमा लगेर बालिकालाई अस्वभाविक क्रियाकलाप गरेको बालिकाले बताएकी छिन् । उनको कृयाकलापबाट बालिकाको ओठमा घाउ परेको छ भने हन्हन्ती ज्वरो समेत आएको पारिवारिक स्रोतले बताएको छ । युवकले बुधवार पनि बालिकालाई फकाउने प्रयास गरेका थिए तर बालिकाको आमाले थाहा पाएपछि बालिकालाई उक्त युवकसँग जानबाट रोकेकी थिईन् । यस्तो घटना लुकाउन नहुने भन्दै पराजुलीले सक्रियता देखाएपछि श्रेष्ठ पक्राउ परेका हुन् ।

बलात्कारको प्रयास गरेको कुरा अभियुक्तले स्वीकार गरेको बताइन्छ । बालिकाका परिवार लामो समयदेखि याम्दीमा भाडामा बस्दै आएका छन् भने आरोपी युवक त्यहाँकै स्थानिय हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू