५० हजार बिच्छीसँगै बस्ने गर्छिन यी महिला, लेखाईन गिनिज बुकमा नाम

मनिषा थापा

भक्तपुर  :  जब तपाईको अगाडी कुनै किरा आउने गर्छ भने पक्कै पनि तपाई डराउँनु हुन्छ। यस्तोमा यदी कहले बिच्छीको अगाडी जानु भयो भने तपाईको होश उड्न सक्छ। बिच्छी एक प्रकारको विषालु कीरा हो। बिच्छीको बिषले सर्प पनि मर्छ। अचानक बिच्छी देख्दा निकै धेरैको शरीरमा एक किसिमको झड्का लाग्ने गर्छ।

तर त्यस मानिसको बारे सोच्नुहोस जो काट्ने बिच्छीको वरपर रहने गर्छिन। हामी आज तपाईलाई यस्तै एक महिलाको बारेमा बताउन गईरहेका छौ जसलाई बिच्छीको रानी नामबाट प्रख्यात छिन्।

थाईल्याण्डमा बस्ने यी महिलाको विशेषता यो छ की यिनी ३३ दिनसम्म ५ हजार विच्छीको साथमा बस्ने गर्छिन। जसले पनि यी महिलाको बारेमा थाहाँपाउने व्यक्ति सोच्न बाध्य हुन्छन कि यति धेरै विच्छीहरुको बीचमा रहँदा पनि यी महिला कसरी बाचिन।

यी महिलाको नाम कन्चना काएतकावे हो। उनको उमेर ३९ वर्ष भयो। कन्चनाले आफ्नो मुखमा करिब ३ मिनेट २८ सेकेन्डसम्म विषालु विच्छी राखेकी थिइन्। जसकारण गिनिज बुकमा नाम लेखाउन सफल भईन। उनलाई विच्छीसँग यति माया छ कि उनले आफ्नो मुखभित्र विच्छीलाई राख्ने गर्छिन। यस तस्बिरमा पनि देख्न सकिन्छकी यस महिलाको विच्छी प्रति कति मोह छ।

प्रतिक्रिया