७ बर्षे नानीको यस्तो खतरा डान्स, कद छोटो भए पनि मन कति ठुलो [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। कद होचो भए पनि साच्चै मन चाही एकदम ठुलो भएका होचा पुड्का संघका सदस्यले भर्खरै मात्र देउसी भैलो कार्यक्रम सम्पन्न गरेका छन्। देश भर छरीएर बसेका होचा पुड्कालाई एकसाथ भेटघाट गराउनका निमित्त एक सम्मेलन कार्यक्रम पनि होचा पुड्का संघले छिट्टै आयोजना गरेको छ। उक्त सम्मेलनको लागि केहि आर्थिक संकट भएकाले होचा पुड्का संघका सदस्य सम्पूर्ण मिलेर देउसी भैलो कार्यक्रम आयोजना गरिएको होचा पुड्का संघका अध्यक्षले जानकारी दिएका छन्।

होचा पुड्का भनेर हेप्ने, जिस्काउने गर्ने प्रवित्ति अझै यो समाजमा छ। उनीहरुलाई अपहेलनाको रुपमा हेरिने गरिन्छ। कुनै काम गर्छु भन्दा पनि गर्न सक्दैन भनेर काम नदिने गर्ने हुँदा उनीहरु आर्थिक रुपमा बलियो हुँदैनन्। होचा पुड्का भनेर नहेपुन, अरु सरह नै हक अधिकार समान रुपमा पाउ भनेर पनि उनीहरुले उक्त सम्मेलन गर्न लागेको बताए।

प्रमुख अतिथिको रुपमा बाबुराम भट्टराई कार्यक्रममा उपस्थिति हुने भनिएता पनि केहि काम विशेषले उनी कार्यक्रममा उपस्थित हुन नपाएको संघ कि कोषाअध्यक्षले जानकारी दिइन्। चलचित्र जगत क्षेत्र साथै समाजसेवीको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

होचा पुड्का संघका कोषाअध्यक्ष यशोधा शाह, सदस्य रुकमणि खड्का र ७ वर्षीय रश्मि कार्की पनि उक्त देउसी भैलो कार्यक्रममा सहभागिता भएका थिए। उनीहरुले आफ्नो कार्यक्रममा सहभागी हुनुको मुख्य उदेश्य रहेको बताए। देउसी भैलो गीतमा नाच्ने गाउने हुँदा उनीहरु ड्रेसमा नै सजिएर बसेका थिए। अन्तर्वार्तामा उनीहरुले मिठो गीत पनि गाए। यशोधा र रुकमणिले गित गाउदै गर्दा ७ वर्षीय नानीले अन्तर्वार्तामा नै मज्जाले नाचिन्।

तिकाथाली, गोलढुंगा, साथै अन्य स्थानमा देउसी भैलो खेल्ने उनीहरुको कार्यक्रम रहेको उनीहरुले बताए। तिहारमा यस्तो विशेष कार्यक्रम उनीहरुले प्रत्यक वर्ष गर्ने समेत बताए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू