पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी, भुक्तानीको माग गर्दै धर्नामा

admin

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आम दलित मोर्चाले जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

मोर्चाका कार्यकर्ताहरुले गौर स्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्नामा बसेका छन । मोर्चाका अध्यक्ष एवं जनता अवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दासको नेतृत्वमा भुक्तानीको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन। संघर्ष समितिले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्नेपछि सरोकारवाला आज दुईपक्षीय बार्ता भईरहेको छ ।

निर्माण भईसकेका घरको भुक्तानी गर्ने र त्यसको अनुगमन गर्ने तयारी भईरहेको छ । मधेस प्रदेशका सांसद तथा जनता अवास कार्यक्रम रौतहटका संयोजक जयचन्द पटेलले निर्माण भईसकेका घरको अनुगमन गरेर भुक्तानी गर्नुपर्नेमा सहमती जनाएका छन् ।

पटेलसहित सरोकारवाला एवं आन्दोलनरत पक्षका बीचमा छलफल भएको आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले बताएका छन् । पटकपटक आन्दोलन गर्दा पनि यस अघिको मधेस सरकारले पीडित जनताको आवाज नसुनेको गुनासो गरेका छन।
ठेकदारहरुले कैयौं घर निर्माण भईरहेकै अवस्थामा अधुरो छोडेको छ।

रौतहटको कटहरिया ८ बगही, मौलापुर नगरपालिका अन्तर्गत पतौरा ,मर्यादपुर, पथरा, बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेको घरको भुक्तानी गर्न बाँकी रहेको संघर्ष समिति संयोजक दाशले बताएका छन।

आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा यस अघि रौतहटका सिडियो हिरालाल रेग्मीलाई ज्ञापनपत्र समेत बुझाएको थियो । जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेका घरको भुक्तानी एवं अधुरो छोडिएका घरको निर्माण सम्पन्न गर्नुपर्ने, पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्नुपर्ने लगायतका माग गरिएको छ ।

प्रतिक्रिया