एसईई नतिजा आज प्रकाशित हुने

admin

काठमाडौं । यस वर्षको एसईई परीक्षाको नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहान १० बजेभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।

नतिजा प्रकाशनका लागि आज बिहान ७ बजे बोर्ड बैठक डाकिएको छ । बुधबार नतिजा प्रकाशन गर्ने तयारी भए पनि केही प्राबिधिक तयारी नपुग्दा नतिजा प्रकाशन आजका लागि सरेको वोर्डले जनाएको छ ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म लिइएको परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यो प्रणाली अनुसार हरेक विषयमा सैद्धान्तिक र प्रयोगात्मक अर्थात आन्तरिक मूल्याङ्कनमा फरक–फरक अंक दिइने छ ।

सैद्धान्तिकतर्फ हरेक विषयमा ७५ पूर्णाङ्कमा न्यूनतम ३५ प्रतिशत अर्थात २६ दशमलव २५ अंक ल्याउनु पर्ने छ । यस्तै आन्तरिकतर्फ २५ पूर्णाङ्कमा ४० प्रतिशत अर्थात न्युनतम् १० अंक ल्याउनु पर्नेछ । सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा परिणत गरिने छ ।

७५ पूर्णाङ्कको सैद्धान्तिकमा २६ दशमलव २५ र आन्तरिकतर्पm न्युनतम् १० अंक नआएको खण्डमा विद्यार्थीको मार्कसिटमा नन ग्रेडेड उल्लेख हुने छ । मौका परीक्षाबाट ग्रेड वृद्धि नगरी कक्षा ११ मा पढ्न भर्ना हुने पाइने छैन । दुई विषयमा असफल हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने छन् ।

दुईभन्दा बढी विषयमा असफल हुने विद्यार्थी तथा मौका परीक्षामा समेत असफल भएका विद्यार्थी भने अर्को वर्ष पास हुन नसकेका विषयको मात्रै परीक्षा दिनु पर्ने छ ।

प्रतिक्रिया