मध्यरातमा भूकम्पको धक्का

admin

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोकसहित आसपासका जिल्ला समेत महसुस गरिएको थियो । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

२०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए ।

प्रतिक्रिया