रास्वपाले राजदूत छान्दै

admin

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि सात जनाको नाम तय गरेको छ । खुला आह्वानमार्फत् राजदूत बन्न सात जनाको नाम तय गरेको हो ।

रास्वपाले राजदूतको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत् आह्वान गरेको थियो । जसबाट २ सय ४० जनाको आवेदन परेको थियो । २ सय ४० मध्ये सात जनाको समावेशी सूची तयार पारिएको सांसद शिशिर खनालले बताउनुभयो ।

अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति रवि लामिछानेलाई बुझाइएको खनालले जानकारी दिनुभयो । प्रस्तावित दुई जनाको नाम तय गर्न सभापति लामिछानेले पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिनुभएको छ ।

सत्ता गठबन्धनले रिक्त राजदूतहरूका लागि भागबन्डा गरे अनुसार एमालेको कोटाबाट पाँच जना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका तर्फबाट दुई जना र माओवादी केन्द्रबाट एक जना राजदूत सिफारिस भइसकेका छन् ।

प्रतिक्रिया